
जापानको जनसंख्या निरन्तर ओरालो लाग्ने क्रम जारी छ । सन् २०२२ मा पनि जनसंख्या एक वर्ष अघिको भन्दा ५ लाख ५६ हजारले घटेर १२ करोड ४९ लाखमा ओर्लिएको हो ।
जापानको जनसंख्या घट्ने क्रम जारी रहँदा सरकारले सार्वजनिक गरेको तथ्यांकमा देशबासीको संख्या कीर्तिमानी स्तरमा न्यून स्तरमा झरेको देखिएको हो ।
अक्टोबर १ सम्ममा देशभरमा विदेशी बासिन्दासमेत कुल जनसंख्या १२ करोड ४९ लाख ४७ हजार रहेको छ ।
जापानी नागरिकहरुको संख्या एक वर्षअघिको भन्दा साढे ७ लाखले घटेर १२ करोड २० लाख ३१ हजार भएको छ ।
यो कमी सन् १९५० मा तथ्यांक उपलब्ध भएयताकै अत्यधिक कम हो । घट्दो जन्मदर र बढ्दो वृद्ध जनसंख्याको दोहोरो चुनौतीको जापानले एकै पटक सामना गरिरहेको छ ।
सरकारले उच्च प्राथमिकताका साथ घट्दो जन्मदरको समस्यालाई सम्बोधन गर्ने मन्त्रिपरिषद्का मुख्य सचिव हिरोकाजु मासुनोले बताएका थिए ।
टोकियो बाहेक जापानका सबै प्रिफेक्चरको जनसंख्या घटेको छ । पहिलो पटक सबै प्रिफेक्चरमा जन्मदर भन्दा मृत्युदर बढेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
