जापानको खुद्रा बिक्रेता कम्पनी इअनको नाफा तेब्बर बढ्यो

जापानको खुद्रा बिक्रेता कम्पनी इअनको नाफामा उत्साहजनक वृद्धि देखिएको छ । गत फेब्रुअरीमा सकिएको आर्थिक वर्षमा कम्पनीले तेब्बर भन्दा बढी खुद मुनामा कमाएको हो ।

पछिल्लो तीन वर्षमा पहिलो पटक सुपरमार्केटहरुको सञ्चालनमा नाफा भएसँगै कम्पनी १४ अर्ब येन सञ्चालन मुनाफा कमाउन सफल भएको हो ।

अघिल्लो वर्ष २ अर्ब येन घाटा बेहोरेको थियो । कोरोना महामारीका कारण सुस्ताएको लत्ताकपडाको बिक्री पुनः बढेको छ ।

न्यून मूल्यका निजी ब्रान्ड फुड प्रडक्ट तथा सुटकेशको बिक्रीमा उल्लेख्य सुधार आएको कम्पनीका अध्यक्ष तथा सीईओ आकिओ योशिदाले जानकारी दिएका छन् ।

समीक्षा अवधिमा एओनले २१ अर्ब ३८ करोड १० लाख येन खुद मुनाफा कमाएको छ । यो एक वर्षअघिको भन्दा ३.३ गुणा धेरै हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.६ प्रतिशतले बढेर ९१ खर्ब १६ अर्ब ८२ करोड ३० लाख येनको कीर्तिमानी स्तरमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?