जापानले सच्चायो मिसाइल अलर्ट, आत्तिनुपर्ने अवस्था छैन

उत्तर कोरियाले मिसाइल लञ्च गरेपछि जापानले बिहीबार बिहानै जारी गरेको मिसाइल अलर्ट सच्याएको छ ।

जापान सरकारले बिहीबार बिहानै उत्तर कोरियाले प्रहार गरेको मिसाइलका कारण अलर्ट जारी गरेको थियो । मिसाइल होक्काइदो प्रिफेक्चर वा आसपासका क्षेत्रमा खस्न सक्ने अनुमान गरिएको थियो ।

तर २० मिनेटपछि सरकारले आकस्मिक सूचना सञ्चार प्रणाली (एम–नेट) मा अर्को सूचना जारी गर्दै पहिलेलेको अलर्ट सच्याएर जापा日本藤素 नी भूभागमा खस्ने सम्भावना नरहेको जानकारी दिएको हो ।

जे–अलर्ट जारी गरेपछि मात्रै आफूहरुले मिसाइल जापानको क्षेत्रमा खस्न सक्ने सम्भावना नभएको थाहा पाएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

जे–अलर्ट प्रणालीमा निश्चित सीमाका कारण आफूहरुले एम–नेट प्रणालीको प्रयोग गरेको उनीहरुको भनाई थियो ।

केन्द्र सरकारले यो प्रणालीलाई स्थानीय सरकार, सञ्चार माध्यमहरु र अन्यलाई इमेल पठाउन प्रयोग गर्ने गरेको छ ।

यो प्रणाली जापानका ४७ ओटै प्रिफेक्चर र सबै नगरपालिकामा जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?