जापानमा थोक मूल्य ९.३ प्रतिशतले वृद्धि

जापानमा गत आर्थिक वर्षमा थोक मूल्य ९.३ प्रतिशतले वृद्धि भएको छ ।

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा थोक मूल्यमा वृद्धि भएको हो ।

युक्रेनमाथि रुसको आक्रमणसँगै महंगो बनेको ऊर्जा र कच्चा पदार्थको मूल्य तथा डलरको तुलनमा जापानी येन कमजोर हुँदा थोक मूल्य आकाशिएको हो ।

समीक्षा अवधिको वृद्धि सन् १९८१ यताकै उच्च हो । सन् २०२१ मा पनि थोक मूल्यले ७.१ प्रतिशतले वृद्धि भएर कीर्तिमानी स्तरमा पुगेको थियो ।

थोक मूल्यमा भएको वृद्धिको असर उपभोक्ता र खुद्रा मूल्यमा पर्नेछ । पछिल्लो समयमा धेरैजसो जापानी कम्पनीहरुले आफ्नो उत्पादनको मूल्य पनि बढाएका छन् ।

उच्च मूल्यको मार आम उपभोक्तालाई पर्नेछ । महंगीको तुलनामा तलब वृद्धि नभएमा सर्वसाधारणहरुको खर्चयोग्य क्षमता र क्रयशक्ति खुम्चिने छ ।

बीओजेले महंगी २ प्रतिशत आसपास राख्ने लक्ष्य लिएको छ । महंगी उच्च नै भएपनि अहिलेको अति खुकुलो मौद्रिक नीतिलाई निरन्तरता दिने तयारी बीओजेका गभर्नरको तयारी छ ।

犀利士 gure class=”wp-block-image size-large is-resized”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?