पर्वत समाज जापानले उचाल्यो आठौ सिल्भर रनिङ कपको उपाधि

गलकोट स्पोर्ट्स क्लब जापानको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित आठौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको उपाधि पर्वत समाज जापानले उचालेका छ । पर्वत समाजले घुम्टे युवा परिवार जापानलाई हराउँदै उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता पर्वत समाज जापानले नगद ३ लाख १९ हजार ९ सय ९९ येन, रनिङ सिल्भर कप, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यस्तै उपविजेता घुम्टे युवा परिवार जापान शाखाले नगद २ लाख १९ हजार ९ सय ९९ येन नगद, ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ ।

सेमिफाइनलमा पुगेका गल्कोट स्पोर्ट क्लव टोकियो र गल्कोट समाज जापानले पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण–पत्र पाएका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्न्ने मूल उद्देश्यका साथ स्थापित भएको संस्था गल्कोट स्पोर्ट्स क्लब टोकियोले राष्ट्रिय खेल भलिबलको संरक्षण, सम्वद्र्धन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाइराख्न आफ्नो स्थापनाकालदेखि नै भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

औपचारिक कर्यक्रम क्लबका अध्यक्ष डिलाराम निउरेको सभापतित्व र गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष कालिका थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अथिथि क्लबका संरक्षक गिर樂威壯 ी शेरचन, रत्नसिंह बस्नेत, लक्ष्मण कार्की, एनआरएनए जापानका वरिष्ट उपाध्यक्ष तथा क्लबका सल्लाहकार नवीन निउरे लगायत सहभागी भएका थिए ।

टोकियोको कामातामा रहेको ओतासिटी जेनरल म्युजियम हलमा भएको प्रतिस्पर्धामा १२ टिमले सहभागिता जनाएका थिए ।

सन् २०१५ सालमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै खेलकुद क्षेत्रमा विशेष योगदान पुराउने एक जनालाई सम्मान गर्दै आइरहेकोमा यसपटक सो सम्मान पश्चिमाञ्चल नेपाल भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङलाई सम्मना पत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?