तलब वृद्धिले जापानी उपभोक्तामा बढ्यो आत्मविश्वास

तलब वृद्धिले जापानी उपभोक्ताहरुमा आत्मविश्वास बढेको एक सर्वेक्षणले देखाएको छ ।

बढ्दो महंगीबीच दशकौंयता ठूलो मात्रामा तलब वृद्धिको सहमति भएको छ । जसले उपभोक्ताले आत्मविश्वास ह्वात्तै बढाएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले गरेको सर्वेक्षणका अनुसार मार्चमा दुई वा सो भन्दा बढी सदस्य भएको घरपरिवारको उपभोक्ता मनोबल सूचक ३३.९ प्रतिशत भएको छ ।

यो अघिल्लो महिनाको भन्दा २.६ प्रतिशतले बढी हो । सूचकांकमा भएको यो वृद्धि सन् २०२१ को जुनयताकै उच्च हो । सरकारले गरेको देशव्यापी सर्वेक्षणमा ८ हजार ४ सय घरपरिवारहरु सहभागी भएका थिए ।

सहभागीहरुलाई आगामी ६ महिनाको खर्च योजनाबारे प्रश्न गरिएको थियो । जसमा कार र होम एप्लाइन्सेज जस्ता बढी मूल्यका सामानमा गरिने खर्च समेत समावेश गरिएको थियो ।

वार्षिक तलब वार्तामा कम्पनी व्यवस्थापन र श्रम संगठनहरुबीच उच्च तलब वृद्धिको सहमति भएपछि थप मानिसहरु आफ्नो आय वृद्धिप्रति आशावादी देखिएका छन् ।

अनिवार्य मास्कसम्बन्धी नियम खुुकलो पारिँदा पनि उपभोक्ताहरुमाझ सहजता बढेको छ ।

भविष्यमा जीवनयापन खर्च कस्तो हुने हो भन्ने कुराले भने मानिसहरुलाई सबैभन्दा धेरै सताइरहेको अवस्थामा सहभागीमध्ये ९४.१ प्रतिशत सहभागीहरुले आगामी एक वर्षसम्म महँगी उच्च हुने जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?