जन्मदर बढाउने सरकारी योजनाबाट अधिकांश जापानी बेखुसी

जन्मदर बढाउने जापान सरकारको योजनाबाट अधिकांश जापानी नागरिकहरु भने बेखुसी भएको पाइएको छ ।

जन्मदर ऐतिहासिक रुपमा घटेपछि प्रधानमन्त्री फुमियो किशिदाले त्यसलाई उकास्न विभिन्न योजना अघि सारेका छन् ।

उनले जन्मदर बढाउन कुनै कसर बाँकी नराख्ने घोषणा समेत गरेका छन् । यद्यपि उनले ल्याएको जन्मदर बढाउने योजनाबाट धेरै नागरिक भने खुसी छैनन् ।

एक सर्बेक्षणमा ६१ प्रतिशत मतदाता सरकारी योजनाप्रति खुसी नरहेको देखिएको छ । यो संख्या सरकारी योजनाबाट खुसी हुनेको संख्याभन्दा दोब्बर बढी हो ।

आसाही शिम्बुनको जनमत सर्वेक्षणमा संलग्न भएका ३३ प्रतिशतले मात्रै सरकारी योजनाले काम गर्नसक्ने विश्वास छ ।

जापानमा जन्मदरमा आएको गिरावटका कारण समस्यामा पर्दा वृद्धवृद्धाको संख्या भने बढिरहेको छ । सरकारले गत मार्चको अन्त्यमा जन्मदर उकास्न अभूतपूर्व योजना घोषणा गरेको थियो ।

सर्वेक्षणमा सहभागी भएकामध्ये ६५ प्रतिशत महिला र ५७ प्रतिशत पुरुषहरुले सरकारी योजनाले जन्मदर उकास्नेमा विश्वास गरेका छैनन् ।

सरकारी योजना सफल हुने विश्वास गर्ने महिलाको संख्या २९ प्रतिशत र पुरुषको संख्या ३८ प्रतिशत छ ।

घट्दो जन्मदर उकास्ने सरकारी नीतिलाई ४६ प्रतिशत सहभागीहरुले प्रशंसा गरेका छन् भने ५२ प्रतिशले मन नपराएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?