सर्वेक्षण भन्छ– ३० वर्ष मुनिका आधा अविवाहित जापानी चाहदैंनन् बच्चा

जापानमा गरिएको एक सर्वेक्षणमा ३० वर्ष मुनिका आधा अविवाहितले बच्चा जन्माउने चाहाना नभएको बताएका छन् ।

एउटा फर्मा कम्पनीले गरेको सर्वेक्षणमा उनीहरुले आर्थिक समस्या र बच्चा जन्माएपछि बढ्ने आर्थिक भार तथा अभिभावकत्वको जिम्मेवारीका कारण बच्चा जन्माउन नचाहने बताएका छन् ।

威而鋼 साकास्थित फर्मा कम्पनी रोहतो फर्मास्युटिकल कम्पनीले मार्चको अन्त्यतिर गरेको अनलाइन सर्वेक्षणमा १८ देखि २९ वर्षबीचका करिब ४ सय जना सहभागी भएका थिए । यसमा सहभागी भएका ४९.४ प्रतिशतले आफूलाई बच्चा नचाहिने बताएका हुन् ।

लिंगका आधारमा अभिभावक बन्ने कुरामा ५३ प्रतिशत पुरुष र ४५.६ प्रतिशत महिलाले अभिभावक बन्न रुची नदेखाएका हुन् ।

जापानमा सन् १८९९ मा तथ्यांक राख्न सुरु गरेयता पहिलो पटक गत वर्ष ८ लाख भन्दा कम शिशु जन्मिएको सरकारी तथ्यांकले देखाएको छ ।

सन्तानप्रतिको रुची घटेसँगै प्रजननको प्रयासमा सहकार्य गर्नेको संख्यामा पनि कमी आएको छ । सर्वेक्षणमा ४८.१ प्रतिशतले मात्रै आफ्नो पार्टनरको प्रजननको प्रयासलाई सघाउने इच्छा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?