चक्कु प्रहार गरी युवतीको हत्या गरी आत्महत्या

जापानको नागोयाको रेल स्टेशनमा एक व्यक्तिले चक्कु प्रहार गरी युवतीको हत्या गरी आत्महत्या गरेका छन् ।

युवतीको छातीमा चक्कुले प्रहार गरी आक्रमणकारीले रेलको लिकमा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबारराति नागोयाको मेइतेत्सु नागोया मेनलाइनमा रहेको स्टेशन प्लेटफर्मको प्रतिक्षालयमा छातीमा चक्कु गाडिएको अवस्थामा फेला परेकी युवतीलाई अस्पताल पु¥याइपाि उनको मृत्यु भएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोही समयमा एक व्यक्तिले रेलको लिकमा हामफालेर आत्महत्या गरेका छन् ।

犀利士

आत्महत्या गर्ने पुरुषले १८ वर्षीया ती युवतीमाथि चक्कु प्रहार गरेलगत्तै आत्महत्या गरेको आशंका गरेको छ ।

घटना नागोयाको मिनामी वार्डको मेइतेत्सु नागोया मेनलाइनमा रहेको मोतोकासादेरा स्टेशनमा भएको र रेल स्टेशनका कर्मचारीले एक व्यक्तिले हामफालेको खबर गरेपछि दुवै घटना बाहिर आएको हो ।

ती युवती नागोयाको नाकागावामा बस्ने कार्यालय कर्मचारी भएको पत्ता लागेको छ । घटनाअघि दुवै जना रेश स्टेशनको प्रतिक्षालयमा सँगै बसेको देखेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनास्थलमा युवतीलाई प्रहार गरिएकोबाहेक अर्को पनि चक्कु फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?