माउन्ट फुजी आरोहणका क्रममा मृत्यु भएका शेर्पाको जापानमै अन्त्येष्टि गरिने

जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी आरोहणका क्रममा लडेर मृत्यु भएका नेपाली युवाको जापानमै अन्त्येष्टि गरिने भएको छ ।

आरोहणका क्रममा नेपाली युवा सेर्की छिरिङ शेर्पाको मृत्यु भएको थियो । उ日本藤素 नी एक अमेरिकी र दुई जापानीसहितको टोलीमा हिमाल आरोहणमा गएका थिए ।

उनी ट्रेकिङ गाइडका रुपमा हिमाल आरोहणमा गएका थिए । सोलुखुम्बु नाम्चे घर भएका शेर्पा जापानमा ट्रेकिङ गाइडका रुपमा कार्यरत थिए ।

उनीहरुको टोली मार्च ३० मा आरोहणमा गएको थियो । मार्च ३१ मा फर्किने क्रममा मध्याहन्न १२ बजेतिर लड्न पुगेका थिए । शेर्पाको शव ५ अप्रिलमा हिमालबाट उद्धार गरेर ल्याइएको थियो ।

प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार हुन नसकेपछि १५ जनाको टोली पठाएर उद्धार गरिएको थियो । मृतक शेर्पा शेर्पा संघ जापानको सल्लाहकार समेत थिए ।

शेर्पाको अप्रिल १० मा जापानमा नै अन्तिम दाहसंस्कार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?