पूर्वोत्तर एसियामा परमाणु हमला भए मारिन सक्छन् लाखौं मानिस

पूर्वोत्तर एसियामा परमाणु हतियारको प्रयोग गरिए त्यसको केही महिनाभित्रै करिब २५ प्रतिशत मानिसको मृत्यु हुने एक अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार परमाणु हतियारको प्रयोग भएमा पूर्वोत्तर एसियामा २ लाख २० हजार मानिसको मृत्यु हुनेछ ।

शक्तिशाली बमसहित केही परमाणु हतियार प्रयोग गरेमा २६ लाख मानिसको मृत्यु हुनसक्छ । यसका साथै रेडियोधर्मी विकिरण ठूलो क्षेत्रमा फैलिन सक्छ । यसका कारण केही दशकमा ९ लाख २० हजारभन्दा बढीको क्यान्सरजस्ता रोगका कारण मृत्यु हुनेछ ।

जापान र अन्य केही देशका शोधकर्ताले पूर्वोत्तर एसियामा परमाणु हमला भएका तत्कालै र केही समयपछि मृत्यु हुने मानिसको संख्या अनुमान लगाएको हो ।

पश्चिम जापानको नागासाकी विश्वविद्यालय र एक अमेरिकी शोध संस्थानसहितका संस्थाले सम्बन्धित देशको परमाणु नीति र क्षेत्रीय स्थितिलाई ध्यानमा राख्दै यो अनुमान लगाएको हो ।

यो संयुक्त शोध परियोजनाको लक्ष्य फेरि परमाणु हतियारको प्रयोग नहोस् भन्ने सुनिश्चित गर्नु हो । शोधकर्ताले पूर्वोत्तर एसियामा परमाणु अस्त्र हमलाका ५ सम्भावित घटनामाथि दृष्टि राख्दै हमलाको अवस्थामा के हुन्छ भन्ने अनुमान गरेको हो ।

एक घटनामा कोरियाली प्रायद्विपमा उत्तर कोरिया र अमेरिकाले ३ परमाणु हतियार प्रयोग गरेको अनुमान गरिएको छ ।

यस्तै ताइवानलाई लिएर दुई परमाणु शक्ति सम्पन्न देशसँग सम्बन्धित परिकल्पनामा शक्तिशालीसहित कुल २४ परमाणु हतियार प्रयोग गरेमा के हुन्छ भनेर हेरियो ।

शोधकर्ताले परमाणु बम विस्फोट र रेडियोधर्मी विकिरणबाट हुने प्रभावको विश्लेषणका आधारमा मृत्यु हुनसक्ने सम्भावित संख्या गणना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?