
जापानको नागोयामा क्याफे म्यानेजरमाथि छुरा प्रहार गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन् ।
क्याफेका २८ वर्षीय म्यानेजरलाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले आइरी सुजुकी नाम गरेकी २४ वर्षीया युवतीलाई पक्राउ गरेको हो ।
बुधबार करिब साढे ७ बजेतिर ती युवतीले नागोयाको नाकागावा वडामा छुरा प्रहार गरेकी थिइन् । सो समयमा क्याफेमा अरु केही ग्राहकहरु पनि थिए । ग्राहकहरुले नै प्रहरी नआउन्जेलसम्म सुजुकीलाई समातेर राखेका थिए ।
घाइते भएका म्यानेजरलाई अस्पताल भर्ना गरिएको छ । सुजुकी क्याफे नजिकै बस्थिन् । उनी नियमित रुपमा क्याफेमा आउने ग्राहक थिइन् ।
म्यानेजरमाथि चक्कु प्रहार गरेको भए पनि उनलाई मार्ने आफ्नो आशय नभएको बताएकी छन् । उनलाई चक्कु प्रहार गर्नुको कारण भने उनले खोलेकी छैनन् ।
