जापानका सम्राट र साम्राज्ञी पहिलो विदेश यात्राका क्रममा इन्डोनेसिया जाने

जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाको आफ्नो पहिलो विदेश यात्राका क्रममा इन्डोनेसिया जाने भएका छन् ।

आगामी जुनमा सम्राट र साम्राज्ञीले इन्डोनेसिया भ्रमण गर्न लागेको बताइएको छ ।

सन् २०१९ मा सम्राट बनेपछि शाही दम्पतिको यो पहिलो विदेश भ्रमण हुनेछ ।

इन्डोनेसियाले यसवर्ष दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन आसियानको अध्यक्षता गरिरहेको छ । यो वर्ष आसियान र जापानको मैत्री तथा सहयोगको ५०औं वर्षगाँठ समेत हो ।

जापानी सम्राट र साम्राज्ञीको राजकीय अतिथिका रुपमा राजधानी जकार्ता र अन्य स्थानमा भ्रमणको तयारी भइरहेको छ ।

जापानी शाही दम्पतीको सम्मानमा इन्डोनेसियाका राष्ट्रपति र उनकी पत्नीले स्वागत समारोह तथा रात्रिभोजको आयोजना समेत गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?