ओकिनावा नजिकै १० जना सवार सेनाको हेलिकोप्टर बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चर ओकिनावामा १० जना सवार सेनाको हेलिकोप्टर बेपत्ता भएको छ ।

बिहीबार साँझ यूएच–६० नाम गरेको हेलिकोप्टर बेपत्ता भएको हो । त्यसमा सवार १० जनामध्ये एक जना लेफ्टिनेन्ट जनरल समेत थिए ।

ओकिनावाको मियाको टापु नजिकबाट सो हेलिकोप्टर हराएको हो । टेक अफ लगत्तै राडारबाट हराएको थियो ।

हेलिकोप्टर साँझ ५ः०५ बजे मियाको टापुमा फर्किनुपथ्र्यो । हेलिकोप्टर हराइरहेको समयमा मौसम प्रतिकूल पनि नभएको बताइएको छ ।

विमानको जापानको तटीय सुरक्षा समेतका अन्य अधिकारीहरुले खोजी गरिरहेका छन् । हराएको भनिएको ठाउँमा पानीमुनि समेत विमान खोजी कार्य भइरहेको बताइएको छ ।

त्यसमा सवार १० मध्ये एक जना दक्षिण पश्चिमी प्रिफेक्चर कुमामोतोस्थित जीएसडीएफको आठौं गणका प्रमुख लेफ्टिनेन्ट जनरल युइची साकामोतो समेत रहेको भू आत्मरक्षा बल (जीएसडीएफ) का चिफ अफ स्टाफ्स जनरल योसुनोरी मोरिशिताले जानकारी दिएका छन् ।

हराइरहेको हेलिकोप्टरले एक पटकमा १४ जनासम्म मानिसलाई बोक्न सक्थ्यो । यसलाई दुर्गम टापु र प्राकृतिक विपद् भएको ठाउँमा बिरामीहरु ओसार पसारमा प्रयोग गर्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?