
जापानमा लगातार तेस्रो साता पेट्रोलियम पदार्थको मूल्य बढेको छ । जापानमा नियमित खालको पेट्रोलको औसत मूल्य १६९.१ येन रहेको छ । यो गत साताको भन्दा ०.१ येन धेरै हो ।
योसँगै लगातार तेस्रो साता पनि पेट्रोलको भाउ उकालो लागेको उद्योग मन्त्रालयको तथ्यांकमा उल्लेख छ । देशका ४७ प्रिफेक्चरमध्ये २६ ओटामा औसत मूल्य बढेको छ ।
तीन वटामा मूल्य स्थिर रहँदा बाँकी १८ ओटामा भने घटेको मन्त्रालयले जनाएका छ ।
विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव जारी रहँदा जापान सरकारले महँगीको भार कम गर्न थोक तेल विक्रेताहरुलाई इन्धनमा सहुलियत दिँदै आएको छ ।
सरकारी सहुलियतका कारण जापानमा औसत पेट्रोलको मूल्य ८ येन सस्तो छ । सरकारी सहुलियत नहुने हो भने एक लिटर पेट्रोलका लागि उपभोक्ताले १८६.८ येन तिर्नु पर्ने थियो ।
