जापान सरकार सामाजिक बीमाको प्रिमियम बढाउने तयारीमा

犀利士 “wp-block-image size-large is-resized”>

जापान सरकार र सत्तारुढ गठबन्धनले सामाजिक बिमाको प्रिमियम बढाउने तयारी गरेको छ ।

देशको जन्मदर घट्दो दरमा रहेकाले यसलाई बढाउन सरकारले ल्याउन लागेका उपायका लागि आवश्यक रकमको जोहो गर्न बीमा प्रिमियम बढाउन लागिएको हो । बीमा प्रिमियम कति बढ्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।

जन्मदरलाई टेवा दिने उपायका लागि कर बढाएर जनतालाई रुष्ट नबनाउने नीति अनुसार सरकारले बीमा प्रिमियम बढाउन लागेको हो ।

गएको साता सरकारले अनुमोदन गरेका उपायहरु लागू गर्न खर्बौ येन आवश्यक पर्ने अनुमान गरिएको छ ।

जापानमा निर्वाचन नजिकिएका कारण सत्ता गठबन्धन जनतालाई असर नपार्ने गरी सुधारका नीतिहरु लागू गर्ने योजनामा देखिन्छ ।

प्रधानमन्त्री फुमियो किशिदाले शिशु जन्मदर उकास्ने नीतिका लागि आवश्यक रकमको जोहो गर्ने बारेमा आफूहरुले विचार गरिहेको बताएका थिए ।

सरकार सामाजिक बीमा कार्यक्रमको प्रिमियम बढाउने तथा सरकारी ऋणपत्र जारी गरेर अतिरिक्त पैसा जुटाउने योजनामा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?