
जापानले हाइड्रोजनको उपयोगलाई तीव्र रुपमा बढाउनका लागि आफ्नो मूल नीतिमा संशोधन गर्ने तयारी गरेको छ ।
पर्यावरण अनुकूल इन्धन बढाएर कार्बन तटस्थ समाजको दिशातर्फ जान जापानले यो कदम चाल्न लागेको जनाएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले मंगलबार क्याबिनेट मन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै ६ वर्षअघि तयार भएको यो नीतिमा आगामी मेको अन्त्यसम्ममा संशोधन चाहेको उल्लेख गरेका छन् ।
संशोधित नीतिमा सन् २०४० सम्म हाइड्रोजनको उपयोग ६ गुणा बढाएर करिब १ करोड २० लाख टन बनाउने लक्ष्य राखिनेछ ।
अधिकारीहरुले कोइला र प्राकृतिक ग्यासको बजार मूल्य स्थिर राख्नका लागि हाइड्रोजनमा सहुलियत दिने योजना बनाइरहेको बताएका छन् ।
यसका साथै ठूलो मात्रामा हाइड्रोजन प्रयोग गर्ने औद्योगिक परिसर बनाउनेबारेमा पनि विचार गरिरहेको उनीहरुको भनाई छ ।
यसका लागि १५ वर्षमा करिब १५० खर्ब येन अर्थात ११३ अर्ब खर्च गर्नका लागि सार्वजनिक र निजी क्षेत्रलाई लगानीको आव्हान समेत गरेको छ ।
