अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रम्पलाई औपचारिक रुपमा गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको जनाइएको छ । उनीमाथि ३४ आरोप लगाइएको छ ।

आपराधिक आरोपमा पक्राउ पर्ने उनी पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको दाबी गरेका छन् ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गर必利勁 ेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोसहितका आरोप उनीमाथि लागेको छ ।

न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाबीच ट्रम्पका समर्थकहरुले नाराजुलुस निकाल्ने कोशिस गरेका थिए ।
ट्रम्पको विरोध र समर्थनमा नाराबाजी गरिरहेको भीड आमने सामने हुने अवस्था देखिएपछि सम्भावित झडप रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?