रेष्टुराँमा प्य्राङ्क भिडियो बनाउने दुई जना पक्राउ

जापानमा बिफ बाउल चेन योशिनोयामा प्य्राङ्क भिडियो बनाएको घटनामा दुई जना पक्राउ परेका छन् ।

प्य्राङ्क भिडियोमा टपिङ कन्टेनरबाट एक जनाले जुठो हालेर व्यवसाय सञ्चालनमा अवरोध उत्पन्न गराएको अभियोगमा उनीहरुमाथि लागेको छ ।

पक्राउ पर्नेमा एक जना ३५ वर्षका रयु शिमाजु र ३४ वर्षका तोशिहिदे ओका छन् । उनीहरुमाथि योशिनोयो रेष्टुराँ चेनको ओसाकास्थित आउटलेटको सम्पत्तिमा क्षति पुर्‍याएको अभियोग छ ।

प्रहरीका अनुसार सेप्टेम्बर २९ मा शिमाजुले आफूले जुठो हालेर खाइरहेको चपस्टिक प्रयोग गरेर कन्टेनरबाट टपिङ झिकेका थिए ।

ओकाले सो घटनाको भिडियो खिचेका थिए । सो भिडियोलाई सामाजिक सञ्जालमा हालेपछि भाइरल बनेको थियो ।

आफूमाथिको अभियोग दुबैले स्वीकार गरेको प्रहरीले जनाएको छ । सबैलाई हँसाउन आफूले त्यस्तो गरेको शिमाजुले बताएका छन् । ओकाले भने शिमाजुले आफूलाई केही रमाइलो गर्न भनेपछि त्यस्तो गरेको बताएका छन् ।

शिमाजुलाई मार्च ९ मा पक्राउ गरेर म犀利士 ार्च २९ मा अभियोग लगाइएको थियो । ओका भने सोमबार पक्राउ परेका हुन् । जापानका बिफ बाउल रेष्टुराँका टेबलमा टपिङ र फ्रि कन्डिमेन्टका सामानहरु सजाएर राखिएका हुन्छन् ।

टपिङका लागि छुट्टै चपस्टिक वा काँटा चम्चा दिइन्छ । योशिनोया जापानको सबैभन्दा लोकप्रिय बिफ बाउल चेनमध्ये एक हो । जसका १ हजार १९५ आउलेटहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?