
समुद्रको सबैभन्दा गहिरो स्थानमा पाइने माछा जापानमा फेला परेका छन् ।
जापानमा ८ हजार ५ सय मिटरभन्दा बढी गहिराईमा माछाको एक प्रजाति भेटिएको हो ।
स्नेलफिस प्रजातिको यो माछा यति गहिरो स्थानमा भेटिएको यो पहिलो पटक हो ।
माछा दूधे सेतो र करिब ३० सेन्टिमिटर लामो छ । माछाको पखेटाहरु पारदर्शी छन् । शरीर पनि नरम जिलेटिनस पदार्थले ढाकिएको छ ।
पानीको दबाबका कारण ८ हजार ४ सय मिटरभन्दा धेरै गहिरो स्थानमा पछाडिको भागमा हड्डी भएका माछा बाँच्न नसक्ने अनुमान छ ।
वैज्ञानिकहरुका अनुसार स्नेलफिस प्रजातिको सिउडोलिपारिस ८ हजार ३३६ (२७ हजार ३३९ फिट) गहिराईमा फेला परेको एनएचकेले जनाएको छ ।
ती माछाको भिडियो दक्षिण जापानको इजी ओगासावारा ट्रेन्चबाट खसालिएको एउटा स्वचालित ल्यान्डरले खिचिएको थियो ।
सो स्थान जीवित माछा भेटिने सम्भावना भएको अहिलेसम्मकै गहिरो ठाउँ भएको बताइएको छ ।
सोही स्थानबाट दक्षिणतिर प्रशान्त महासागरमा रहेको मारिआना ट्रेञ्चमा यसअघि ८ हजार १७८ मिटर गहिराईमा एउटा माछा भेटिएको थियो । तर यो सबैभन्दा गहिरो स्थानमा माछा भेटिएको कीर्तिमान हो ।
