
जापानमा औसत मासिक तलबले नयाँ कीर्तिमान बनाएको छ ।
श्रम मन्त्रालयले गरेको एक सर्वेक्षणका अनुसार गत वर्ष फूल टाइम काम गर्ने कामदारको मासिक औसत तलब ३ लाख १० हजार येन रहेको देखिएको छ ।
यो अघिल्लो वषएको भन्दा १.४ प्रतिशत धेरै हो । गत वर्ष जापानमा औसत मासिक तलब सन् १९७६ यताकै सबैभन्दा माथिल्लो स्तरमा उक्लिएको छ ।
पुरुषको तुलनामा गत वर्ष महिलाको औसत तलब धेरै बढेको छ । महिलाको औसत तलब अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले बढेर २ लाख ५८ हजार ९०० येन भएको छ भने पुरुषको १.४ प्रतिशतको वृद्धि भएर ३ लाख ४२ हजार पुगेको छ ।
जापानमा लगातार दोस्रो वर्ष पुरुषको तुलनामा महिलाको तलब वृद्धि बढी भएको हो । योसँगै जापानमा पुरुष र महिलाबीचको तलब अन्तर घटेको छ ।
महिला व्यवस्थापकहरुको संख्यामा भएको वृद्धिका कारण महिलाको तलब बढेको अनुमान गरिएको छ ।
