चीन पुगेका जापानी विदेशमन्त्रीले के-के विषयमा गरे छलफल ?

犀利士5mg m/wp-content/uploads/2023/04/image-1.png”>

जापानका विदेशमन्त्री योशिमासा हायासीले तीन वर्षपछि चीनको भ्रमण गरेका छन् ।

उनले बेइजिङमा चीनका विदेशमन्त्री चीन कांगसँग आपसी चासोका विषयमा छलफल गरेका छन् । उनले चीनको हिराशतमा रहेका जापानी व्यापारीलाई रिहा गर्न आग्रह गरेका छन् ।

चीनले जासुसीको आरोपमा एक जापानीलाई पक्राउ गरी हिरासतमा राखेको छ । यसका साथै जापानले फुकुशिमा परमाणु प्लान्टको पानी समुद्रमा छाड्ने विषयमा समेत चीनले गलत प्रचार गरेको आरोप लगाएको छ ।

जापानी विदेशमन्त्रीले सेन्काकु टापुमा चिनियाँ जहाजको लगातार प्रवेशबारे समेत कुराकानी गरेका छन् । उनले चीनको बढ्दो सैन्य गतिविधि, पूर्वी चीन सागरमा चीनको उपस्थिति र रुससँगको बढ्दो निकटबारे समेत छलफल गरेका छन् ।

यसका साथै उनले रुस–युक्रेन युद्ध अन्त्यका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

जापानले सन् २०११ आएको सुनामीमा परमाणु प्लान्टमा रिएक्टर्सलाई चिसो राख्नका लागि प्रयोग गरेको १० लाख टन पानी प्रशान्त महासागरमा छाड्ने तयारी गरिरहेको छ ।

सो पानी परमाणु प्लान्ट नजिकै भण्डारण गरेर राखेको छ ।

यो पानीमा ट्राइटियम भएको तथा अझै पनि बिशालु भएको हुनसक्ने भन्दै चीन र दक्षिण कोरियाले प्रशान्त महासागरमा छाड्ने विषयको विरोध गरिरहेका छन् ।

जापान र चीनबीच पूर्वी चीन सागरमा रहेको सेन्काकु टापु समुहबारे पनि विवाद छ । सन् २०२० मा जापानको एक स्थानीय परिषदले यो क्षेत्रमा रहेका केही टापुको नाम र प्रशासनिक अवस्था बदल्ने विधेयक पारित गरेको थियो ।

जापानले टापु समूहको एक टापु टोनोसिरो र दियोयस टापुको नाम बदलेर टोनोशिरो सेन्काकु राखेको थियो । चीनले भने यसको विरोध गरेको छ ।

चीनले यसमाथि आफ्नो दाबी गर्दै आएको छ । चीनले यो चीनको क्षेत्रीय सम्प्रभुताको उल्लंघन भएको भन्दै सम्प्रभुताको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने चेतावनी दिँदै आएको छ ।

सोही अनुसार पूर्वी चीन सागरमा चीनले केही ठूला जहाज पठाउँदै आएको छ । सेन्काकु पूर्वी चीन सागरमा रहेका ८ टापुको समूह हो । ७ वर्गकिलोमिटर क्षेत्रफल भएका यी टापुमा मानव बसोबास भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?