जापानमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु

अध्ययनका लागि जापान गएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

विद्यार्थी भिसामा जापान आएर ओकिनवामा पढ्दै आएका खिम बुढामगरको मृत्यु भएको हो ।

गत कोरोना महामारीका कारण सीमामा प्रतिबन्धहरु खुकुलो पोरेपछि उनी जापान आएका थिए । उनको स्थायी घर दाङको तुल्सीपुर भएको बताइएको छ ।

उनी जापानी भाषा विद्यालयमा पढ्दै थिए । बुढामगर बस्दै आए必利勁 को होस्टेलमा मृत अवस्थामा भेटिएका हुन् ।

उनी आफैंले आत्महत्या गरेको जस्तो देखिएको बताइएको छ । बुढामगरको शव प्रहरीले लगेको छ भने उनको मृत्युबारे छानबिन भइरहेको छ ।

उनको पोष्ट मार्टमको रिपोर्ट आउन एक साता लाग्ने बताइएको छ । उनको मृत्युबारे नेपालस्थित उनका परिवारका सदस्यहरुलाई जानकारी गराइएको छ ।

परिवारको सल्लाहमा उनको अन्तिम संस्कार गरिनेछ । पछिल्लो समय जापानमा नेपालीहरुको मृत्युको घटनाहरु बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?