
जापानले घट्दो जन्मदरमा सुधार ल्याउने प्रयास स्वरुप थप योजनाहरु घोषणा गरेको छ ।
जापानले जन्मदर बढाउन हेरचाह सेवा र सरकारी भत्ता वृद्धि गर्ने योजना बनाएको हो । यो प्रयास प्रधानमन्त्री फुमियो किशिदाले जन्मदर बढाउन अभूतपूर्व कदम उठाउने भन्दै गरेको बाचाको एक हिस्सा हो ।
जापानमा जन्मदर अपेक्षा गरिएको भन्दा पनि केही तीव्र गतिमा गिरावट आइरहेको छ । जापानमा गत वर्ष ८ लाख भन्दा पनि कम बच्चाको जन्म भएको थियो । यो रेकर्ड न्युन संख्या हो ।
सरकारले आफ्नो प्रस्तावको पहिलो मस्यौदा जारी गरेको छ । यसको उद्देश्य अप्रिल २०२४ देखि तीन वर्षभित्र यी प्रस्ताव लागू गर्नु हो ।
प्रस्तावमा अभिभावकका लागि सरकारी भत्ता प्राप्त गर्ने सीमा समाप्त गर्ने प्रस्ताव समेत सामेल छ । सरकारी बालभत्ता हाइस्कुलमा पुग्ने समयसम्म प्रदान गरिनेछ ।
बाल हेरचाह केन्द्र तथा बालबालिकाका अन्य सुविधा वृद्धि गरिनेछ ।
