जापानमा थप ६,७३० संक्रमित, ४३ जनाको मृत्यु

जापानमा शुक्रबार कोरोना भाइरसबाट ६ हजार ७३० जना नयाँ संक्रमित भएको पुष्टि भएको छ ।

यो बिहीबारको तुलनामा ४७७ ले कम हो ।

राजधानी टोकियोमा मात्र्र ८५४ जना नयाँ संक्रमित भेटिएका छन् । टोकियोमा पनि अघिल्लो दिनको भन्दा १०२ जना कम संक्रमित पाइएका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई ६७ जना अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?