यौन दुर्व्यवहारको अभियोगमा टोकियोमा एक नेपाली पक्राउ

जापानको राजधानी टोकियोमा यौनदुर्व्यवहारको आरोपमा एक जना नेपाली युवा पक्राउ परेका छन् ।

अमृत सापकोटा नाम गरेका युवा पक्राउ परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीमाथि उच्च विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

उनमाथि टोकियोको सिनागावा वडाको सडकमा उच्च विद्यालयकी छात्रालाई बोलाएर उनको संवेदनशील अंगहरुमा छुनेजस्ता अश्लील कार्य गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।

गत महिना सिनागावा वडाको एउटा सडकमा उच्च विद्यालयकी ती छात्राको स्तन छुने लगायतका अश्लील कार्य गरेको अभियोग संदिग्धमाथि लग威而鋼 ाइएको हो ।

घटनाको समयमा सापकोटा साथीको कोठामा जमघटमा मादक पदार्थ सेवन गरेर फर्किएका थिए । घर फर्किने क्रममा उनले बाटोमा भेटिएकी ती युवतीलाई बोलाएर नजिकैको पार्किङमा लगेर उनीमाथि यौन दुर्व्यवहार गरेका थिए ।

सापकोटाले आफूमाथिको आरोप अस्वीकार गरेका छैनन् । यद्यपि युवतीलाई आफूले छोएको भएपनि आपसी सहमतिमा छोएको र जबर्जस्ती नगरेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?