जापानमा बेरोजगारी दर बढेर २.६ प्रतिशत पुग्यो

जापानमा फेब्रुअरीमा बेरोजगारीदर ०.२ प्रतिशतले बढेर २.६ प्रतिशत पुगेको छ ।

जापानमा पछिल्लो ५ महिनामा पहिलो पटक बेरोजगारीदर बढेको हो । कोरोनाभाइरस महामारीबाट आर्थिक सुधारको दिशातिर अघि बढिरहेकाले धेरै मानिसहरूले राम्रो काम गर्ने अवस्थाको खोजीका कारण जागिर नगर्दा बेरोजगारी दर बढेको देखिएको सरकारले जनाएको छ ।

यसैगरी रोजगारी उपलब्धता अनुपात जनवरीदेखि ०.०१ अंकले प्रतिशतले घटेर १.३४ अंक भएको छ । जापानमा लगातार दोस्रो महिना रोजगारी उपलब्धता अनुपात घटेको हो । अनुपातको अर्थ हरेक १०० रोजगारी गर्न चाहनेका लागि १३४ रोजगारीका अवसर थिए ।

श्रममन्त्री कात्सुनोबु काटोले भने, ‘रोजगारको अवस्थामा विस्तारै सुधार भइरहेको छ । यद्यपि केही उद्योगहरुमा अझै कठिन भइरहेको छ ।’ उनले बढ्दो महंगीको प्रभावलाई अनुगमन गर्न आवश्यक रहेको बताए ।

फेब्रुअरीमा बेरोजगारीको कुल संख्या १८ लाख थियो । जुन गत महिनाको तुलनामा ७.८ प्रतिशतले बढी हो ।

यसमध्ये ७ लाख ६० हजारले स्वेच्छाले रोजगारी छाडेका हुन् भने ४ लाख ५० हजारलाई हटाइएको हो ।

होटल र रेष्टुरेन्ट उद्योग क्षेत्रमा गत वर्षको तुलनामा सबैभन्दा बढी ३७.२ प्रतिशतले रोजगारी खोलेका छन् भने शिक्षा क्षेत्रमा २३.७ प्रतिशतले बढी रोजगारी खुलेको छ ।

उत्पादन तथा निर्माण उद्योगमा क्रमशः ०.२ प्रतिशत र ०.३ प्रतिशत मात्र वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?