परमाणु अस्त्र प्रसारप्रति परमाणु बम पीडितको आक्रोश

जापानमा परमाणु बम हमलाका पीडितहरुको समूह हिबाकुशाको देशव्यापी समूहले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको बेलारुसमा सामरिक रुपमा महत्वपूर्ण अस्त्रको तैनाथी गर्ने घोषणाको कडा निन्दा गरेको छ ।

जापान अणु तथा हाइड्रोजन बम पीडितको समूह निहोन हिन्दान्क्योले एक वक्तव्य जारी गर्दै पुटिनको घोषणाले परमाणु खतरा बढ्ने उल्लेख गरेका छन् ।

समूहले युक्रेनलाई युरेनिमम विहीन ट्याङ्कभेदी गोला उपलब्ध गराउने ब्रिटेनको निर्णयको पनि आलोचना गरेको छ ।

समूहले यस प्रकारका हतियारले मानव शरीर र पर्यावरणमाथि रेडियोधर्मी पदार्थको असर हुने भएकाले प्रयोग नगर्न अनुरोध गरेको छ ।

वक्तव्यमा रुसले युक्रेनमाथि गरेको हमला अन्त्य गर्न विभिन्न देशबीच वार्तामा समेत जोड दिएको छ । उसले युद्धमा कोही विजेता नबन्ने समेत उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?