विदेशमा जापानी साकेको बिक्री १८.२ प्रतिशत बढ्यो

जापानी साकेको लोकप्रियता विदेशमा चुलिएको छ ।

विदेशमा माग बढेसँगै हरेक वर्ष जापानी कम्पनीहरुले विदेश पैठारी गर्ने साकेको परिमाण र मूल्यको नयाँ रेकर्ड बन्दै गएको छ ।

विश्वभर जापानी परिकारका खानाको लोकप्रियता बढेसँगै जापानी पेय पदार्थको माग पनि बढ्दो मात्रामा छ ।

सन् २०२२ मा जापानी कम्पनीहरुले विदेशी बजारमा ४७ अर्ब ४० करोड येन मूल्य बराबरको साके बिक्री गरेका छन् । यो अघिल्लो वर्षको भन्दा १८.२ प्रतिशत बढी हो ।

योसँगै लगातार १३औं वर्ष पनि साकेको बिक्री बढेको हो । साके ब्रुअरी कम्पनी युवा पुस्ताको काँधमा आएपछि उनीहरुले प्रिमियम प्रोडक्टका साथै प्रिमियम बजारलाई लक्षित गर्न थालेपछि बिक्री तीव्र दरमा बढिरहेको छ ।

२०२२ मा जापानी सबैभन्दा धेरै साकेको निर्यात चीनमा भयो भने दोस्रो स्थानमा अमेरिका छ । पछिल्लो समय दक्षिण कोरिया र दक्षिण पूर्वी एशियामा समेत साकेको लोकप्रियता चुलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?