जापानले पारित गर्‍यो १,१४३ खर्ब येनको कीर्तिमानी बजेट

威而鋼 esh.com/wp-content/uploads/2023/03/image-61.png”>

जापानको माथिल्लो सदनले १ हजार १४३ खर्ब येनभन्दा बढीको कीर्तिमानी बजेट पारित गरेको छ । यो बजेट आगामी १ अप्रिलदेखि लागू हुनेछ ।

जापानले पारित गरेको यो अहिलेसम्मकै ठूलो आकारको बजेट हो । बजेटको यो आकार गत वर्षको प्रारम्भिक बजेटभन्दा ६.३ प्रतिशत ठूलो हो ।

तल्लो सदनले यो बजेट २८ फेब्रुअरीमै पारित गरेको थियो । छिमेकी देशहरुबाट सुरक्षा खतरा बढिरहेको भन्दै जापानले यसवर्ष रक्षा बजेटमा भारी वृद्धि गरेको छ ।

रक्षा बजेटमा भारी वृद्धि गरिएको तथा महंगीको मारमा परेको अर्थतन्त्रलाई टेवा दिने उपायहरुमा समेत खर्च बढाउँदा बजेटले नयाँ उचाई छोएको हो ।

पछिल्लो समय उत्तर कोरियाको आणविक कार्यक्रम तथा चीनको बढ्दो सैन्य तथा आर्थिक शक्तिका कारण जापान झस्किएको छ ।

महंगीको मारमा परेका घर परिवारहरुलाइ राहत दिन २२ खर्ब येनको बजेट छुट्टयाइएको छ । यो मध्ये एक चौथाइ रकम न्यून आय भएका तथा बालबालिका हुर्काइरहेका घरपरिवारलाई राहतका रुपमा वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?