
मध्य जापान एक्सप्रेसवेमा पाँच वटा सवारी साधन ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएर अस्पताल लगिएका ८ जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५३ वर्षीय सिन्जी काकुता, ८६ वर्षीय हिरोआकी सुजुकी र उनकी श्रीमती ८३ वर्षीया मिहोकोको रहेका छन् ।
बिहान करिब साढे २ बजे मिनीभ्यान र ट्रक ठोक्किएका थिए ।
विपरीत लेनमा रहेका अन्य दुई यात्रुबाहक कारहरु एकआपसमा ठोक्किदा एक दम्पतीको मृत्यु भएको हो । दुर्घटनामा लेनहरु छुट्याउने रेलिङ समेत भाँचिएका छन् ।
