जापानको जेआर तोकाईले २०२८ सम्ममा चालकबिहीन शिन्कान्सेन बुलेट रेल प्रयोगमा ल्याउने

मध्य जापानको रेल्वे सेवा प्रदायक कम्पनी सेन्ट्रल जापान रेल्वे कम्पनी (जेआर तोकाई)ले चालकरहित बुलेट रेल सञ्चालनमा ल्याउने भएको छ ।

सन् २०२८ को आसपासदेखि चालकरहित टोक्यो शिन्कान्सेन बुलेट रेल सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष शिन कानेकोले बताए ।

रेल स्टार्ट गर्न रेलभित्र एक जना चाँहि हुने उनले बताए । यो प्रणाली नयाँ एन७००एस सिरिजका शिन्कान्सेन मोडलमा अपनाइनेछ ।

नोजोमी, हिकारी र कोदामा रेलहरुलाई स्वचालित बनाइने उनले जानकारी दिए । यो प्रणाली प्रयोग भएका रेलहरु चालकले बटन थिच्ने बित्तकै चल日本藤素 ्न सुरु गर्नेछन् ।

आकस्मिक रुपमा रेल रोक्नु परेमा भने चालकले रोक्नेछन् । अन्यथा रेलको गति र स्टेशनमा रोकिने लगायत कुराहरु सबै स्वचालित हुनेछ ।

जेआर तोकाईले सन् २०२१ को नोभेम्बरदेखि नै स्वचालित सञ्चालन प्रणाली भएको तोकाइदो शिन्कान्सेल रेलको परीक्षण सञ्चालन गर्दै आएको छ ।
टोकियो मेट्रो कम्पनीले पनि सन् २०२५ देखि मारुनोउची लाइनमा स्वचालित रेल सञ्चालन प्रणालीको परीक्षण थाल्ने बताएको छ ।

चालकको सट्टामा रेलको पहिलो डब्बमा एक जना सह–चालक हुने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?