
जापानमा आइतबार ६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् ।
यो संख्या शनिबारको तुलनामा १ हजार ९६२ जनाले कम हो ।
राजधानी टोकियोमा ६६७ जनामा संक्रमण पुष्टि भएको छ । टोकियोमा पनि शनिबारभन्दा १९६ जना कम संक्रमित भएका हुन् ।
आइतबार कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी भई ५९ जना अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
