प्रशान्तमा माछा मार्न २५ प्रतिशत कटौती गर्न सहमति

प्रशान्त महासागरमा माछा मार्न २५ प्रतिशतले कटौती गर्ने सहमति भएको छ । जापानमा भएको मत्स्य सम्मेलनमा प्रशान्त महासागरमा मारिनेमध्ये २५ प्रतिशत कटौती गर्न सहमति बनेको हो ।

यस वर्षदेखि सुरु भएर सन् २०२४ सम्म कटौती गरिनेछ ।

जापान, चीन र ताइवानसहित ९ देश तथा क्षेत्रको साप्पोरोमा सम्पन्न उत्तरी प्रशान्त मत्स्य आयोगको तीन दिने सम्मेलनका क्रममा सो सहमति बनेको हो ।

प्रतिनिधि सबै सदस्यहरु कुल मात्राको २ लाख ५० हजार टनसम्म सीमित राख्न सहमत भएका छन् । जो हाल रहेको ३ लाख ३० हजार टनभन्दा कम हो ।

माछाको संरक्षणका लागि जुन र जुलाईमा केही जलक्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइनेछ । माछा मार्ने डुंगाको संख्या सन् २०१८ को तुलनामा १० प्रतिशत घटाउने या शिकार अवधि अधिकतम १८० दिन राख्ने पनि सहमति भएको छ ।

जापानले १ लाख ७० हजार टनको शिकार सीमा प्रस्ताव राखेको थियो । तर अन्य सदस्यको विचारलाई ध्यानमा राख्दै २ लाख ५० हजार टनमा सीमित राख्ने सहमति भएको हो ।

威而鋼 ure class=”wp-block-image size-large is-resized”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?