जापानमा विदेशीको संख्या कीर्तिमानी स्तरमा पुग्यो

जापानमा विदेशी नागरिकको संख्या कीर्तिमानी स्तरमा पुगेको छ ।

सन् २०२२ को अन्त्यसम्म जापानमा विदेशी नागरिकको संख्या ३० लाख ७५ हजार २१३ पुगेको अध्यागमन सेवा विभागको तथ्यांकमा उल्लेख छ ।

जापानमा विदेशी बासिन्दाको यो संख्या अहिलेसम्मकै कीर्तिमानी र गत वर्षको भन्दा ११.४ प्रतिशत धेरै भएको विभागले बताएको छ ।

कोभिडका कारण लगाएको प्रतिबन्धका उपायहरु खुकुलो पारेपछि विदेश विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरुको संख्या पनि ह्वात्तै बढेको छ ।

जापानमा रहेकामध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । दोस्रो र तेस्रो स्थानमा भने भियतनाम र दक्षिण कोरियालीको संख्या छ ।

जापानमा विदेशी विद्यार्थीको संख्या ९० हजारभन्दा बढी वृद्धि भएको छ । आवासीय हैसियतका आधारमा विदेशी विद्यार्थीहरुको संख्या ९२ हजार ८०८ ले बढेको हो ।

यस्तै प्राविधिक प्रशिक्षार्थीहरुको संख्या ४८ हजार ८१७ ले बढ्दा इन्जिनियरिङ, मानविकी र अन्तर्राष्ट्रिय सेवामा विज्ञहरुको संख्या पनि ३७ हजार २२१ धेरै पाइएको छ ।

समीक्षा अवधिमा अध्यागमन नियन्त्रण र शरणार्थी पहिचान कानूनअन्तर्गत शरणार्थी हैसियत दिइएका विदेशीहरुको संख्या १२८ ले बढेर २०२ पुगेको छ ।

शरणार्थी हैसियत नदिइएको तर मानवीयताका आधारमा जापानमा बस्न अनुमति दिइएकाहरुको संख्या पनि १ हजार १८० ले बढेर १ हजार ७६० पुगेको छ ।

यी दुबैको संख्या सन् १९८२ मा जापानले शरणार्थीलाई मान्यता दिने प्रणालीको स्थापना गरेयताकै उच्च हो ।

भिसा अवधि सकिएर पनि जापानमा नै बसिरहेका १० हजार ३ सय भन्दा बढीलाई तत्काल देश छाड्न आदेश दिइएको छ । यस्ता विदेशीको संख्या करिब ७ हजार ७ सय छ ।

सन् २०२२ मा करिब ४ हजार ८ सयलाई देशबाट हटाइएको थियो । जुन सन् २०२१ को तुलनामा ६७० ले बढी हो ।

犀利士 com/wp-content/uploads/2023/03/Eazy_pp_size_poster-share-4-650×338.jpg” alt=”” class=”wp-image-195719″ width=”838″ height=”436″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?