
जापानमा स्थानीय चुनावको आधिकारिक प्रचारप्रसार अभियान सुरु भएको छ ।
स्थानीय चुनावको पहिलो चरणमा अप्रिल ९ मा निर्धारित ९ प्रान्तहरुमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । ६ वटा ठूला सहरहरुमा मेयर, ४१ प्रिफेक्चरहरुमा स्थानीय विधानसभा निर्वाचन र १७ ठूला सहरहरुमा एकै दिन चुनाव हुनेछ ।
निर्वाचनमा रक्षा खर्चको वृद्धिका लागि किशिदा नेतृत्वको सरकारले गरेको योजनाबद्ध करवृद्धि, घट्दो जन्मदर, बढ्दो लागत तथा अन्य क्षेत्रीय विषयहरु प्रमुख मुद्दाका रुपमा रहेका छन् ।
प्रधानमन्त्री फुमियो किशिदाको सरकारमाथि जनताको समर्थन कम भइरहँदा छिट्टै नयाँ आम निर्वाचनको आसपास तल्लो सदन विघटनको घोषणा हुने अनुमान गरिएको छ ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका महासचिव तोशिमित्सु मोगीले ओइता प्रिफेक्चरको चुनावी सभामा बोल्दै स्थानीय क्षेत्रहरुको विकास र क्षेत्रीय व्यापार प्रवद्र्धन गर्न काम गर्ने प्रतिबद्धता जनाए ।
गठबन्धनको साझेदार कोमेइतोका नेता नात्सुओ यामागुचीले आफ्ना उम्मेदवारहरुलाई जिताउन पार्टीको बैठक बोलाएका छन् ।
जापानको मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीका प्रमुख केन्ता इजुमीले चुनावी सभालाई सम्बोधन गर्दै विविधता सुनिश्चित गर्ने र विभिन्न आवाजहरु प्रतिबिम्बित गर्ने स्थानीय परिषदहरु सिर्जना गर्ने तथा राजनीतिलाई परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।
