जापानमा लगातार दोस्रो वर्ष घर–जग्गाको भाउ महंगियो

जापानमा लगातार दोस्रो वर्ष घर जग्गाको भाउ महंगिएको छ । जापानमा पछिल्लो समयमा हरेक क्षेत्रमा महंगी चुलिएका बेला घरजग्गाको मूल्य पनि लगातार दोस्रो वर्ष उकालो लागेको हो ।

犀利士

गत वर्षको तुलनामा सन् २०२३ को जनवरी १ सम्ममा जग्गाको मूल्य १.६ प्रतिशतले बढेको छ । गत वर्ष मूल्यवृद्धि ०.६ प्रतिशत मात्रै भएको भूमि मन्त्रालयको तथ्यांकले देखाएको छ ।

साप्पोरो, सेन्डाई, हिरोशिमा र फुकुओका जस्ता ठूला शहर बाहेकका क्षेत्रहरुमा आवासीय प्रयोजनका जग्गाको मूल्य २८ वर्षयता पहिलो पटक बढेको हो ।

मूल्य वृद्धि एक वर्षअघिको भन्दा ०.४ प्रतिशत रहेको छ । सर्वेक्षणमा सहभागी भएका स्थानमध्ये २७.१ प्रतिशतमा भने जग्गाको भाउ एक वर्ष अघिको भन्दा घटेको छ ।

समग्रमा आधाभन्दा धेरै स्थानमा मूल्य बढेको पाइएको छ । केन्द्रीय बैंकले प्रमुख ब्याजदर न्यून स्तरमा राखिरहेकोले घर कर्जामा ब्याजदर न्यून हुँदा घर, अपार्टमेन्ट र कोन्डमिनियमको माग बढ्दा आवासीय जग्गाको भाउ औसतमा १.४ प्रतिशतले बढेको छ ।

टोकियो, ओसाका र नागोयो महानगर क्षेत्रमा जग्गाको भाउ १.७ प्रतिशतले बढेको छ । साप्पोरो, सेन्डाई, हिरोशिमा र फुकुओका समेतका क्षेत्रीय स्थानमा भने मूल्य १.२ प्रतिशत बढेको छ ।

व्यवसायिक प्रयोजनका जग्गाको मूल्य १.८ प्रतिशतले बढेको छ । सबैभन्दा ठूला महानगरीय क्षेत्रमा यस्ता जग्गाको भाउ २.९ प्रतिशतले बढेको छ । देशका बाँकी क्षेत्रमा मूल्य वृद्धि १ प्रतिशत मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?