जापानमा ८ हजार ४८५ नयाँ संक्रमित, ४० जनाको मृत्यु

जापानमा बिहीबार कोरोना भाइरसबाट ८ हजार ४८५ जना संक्रमित भएका छन् ।

यो संख्या बुधबारको तुलनामा ४ हजार २५ ले बढी हो ।

यसैगरी राजधानी टोकियोमा ९०८ जना संक्रमित भेटिएका छन् । टोकियोमा पनि बुधबारको तुलनामा ५३५ जना बढी संक्रमित पाइएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी भई बिहीबार ७३ जना अस्पतालमा भर्ना भएका छन् ।

बिहीबार कोरोना भाइरसको संक्रमणबाट ४० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?