ओसाका विश्वविद्यालयका वैज्ञानिक दुई भाले मुसाबाट बच्चा जन्माउन सफल

जापानका वैज्ञानिकहरू दुई वटा भाले मुसाबाट बच्चा उत्पादन गर्न सफल भएका छन् ।

ओसाका युनिभर्सिटीका वैज्ञानिकहरू दुई भाले मुसाको अण्डको प्रयोगमार्फत मुसाका बच्चा जन्माउन सफल भएका हुन् ।

वैज्ञानिकहरूले दुई भाले मुसाको कोषबाट अन्ड विकास गर्दै बच्चा जन्माउन सफल भएको द टेलिग्राफले जनाएको छ ।

ओसाका युनिभर्सिटीका प्राध्यापक कातसुहिको हायासीले आफ्नो अनुसन्धानले मानव प्रजननको विषयमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार यो विधिमार्फत दुई पुरुष एकै बच्चाको पिता बन्न सक्छन् । आफ्नो अनुसन्धानमा महिलामा हुने बाँझोपनको समस्याको उपचार गर्ने विधि पनि भएको बताएका छन् ।

यद्यपि, मानवमा यो विधि प्रयोग गर्नुअघि अझै धेरै अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरुले जनाएका छन् । ६ सय पटकको प्रयासमा सातवटा मुसाका बच्चा जन्माउन सकिएको वैज्ञानिहरूको भनाइ छ ।

ती मुसाहरू स्वस्थ भएको र प्रजननद्वारा बच्चा जन्माउन सफल भएको पनि बताइएको छ ।

यसअघि सन् २०१८ मा चाइनिज एकेडेमी अफ साइन्सले दुई भाले मुसाबाट अर्को मुसा विकास गर्न सफल भएको थियो ।

樂威壯 desh.com/wp-content/uploads/2023/03/Eazy_pp_size_poster-share-3-scaled.jpg”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?