जापानले परमाणु निरस्त्रीकरणको प्रयास बढाउने

हिरोशिमामा आगामी मेमा हुने जी–७ को शिखर सम्मेलनलाई मध्यनजर गर्दै जापानले परमाणु हतियार उन्मुलनको प्रयास बढाउन ध्यान केन्द्रित गर्ने भएको छ ।

रुसले युक्रेन युद्ध लम्बिदै गर्दा परमाणु हतियार प्रयोगको त्रास बढिरहेका बेला जापानका प्रधानमन्त्री फुमियो किशिदाले जी–७ सम्मेलनमा परमाणु अस्त्र मुक्त विश्वको रचनाका लागि एक सशक्त सन्देश दिन चाहेका छन् ।

जी–७ समूहमा सामेल परमाणु शक्ति सम्पन्न ३ देश अम犀利士 ेरिका, बेलायत र फ्रान्सका नेताहरु परमाणु हमलाको सामना गरिसकेको हिरोसिमामा पहिलो पटक भेट हुँदैछन् ।

जी–७ शिखर सम्मेलनअघि ४ अप्रिलदेखि टोकियोमा अन्तर्राष्ट्रिय निरस्त्रीकरण मञ्चको दोस्रो बैठक आयोजना गरिदैछ ।

परमाणु अस्त्ररहित विश्व बनाउने हेतुले अन्तर्राष्ट्रिय विशिष्ट समूहको यो बैठकमा परमाणु शक्ति सम्पन्न र बिहीन देशका प्रतिनिधिले निरस्त्रीकरण मुद्दामा विचारविमर्श गर्नेछन् ।

जापान सरकार यो बैठकका छलफललाई जी–७ शिखर सम्मेलनको दस्तावेजमा सामेल गर्न चाहन्छ । जी–७ को शिखर सम्मेलन १९ मेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?