
जापानका आइतबार ५ हजार ९३८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । जापानमा शनिबारको रुपमा १ हजार १३८ जना कम हो ।
राजधानी टोकियोमा ५४९ जनामा संक्रमण पुष्टि भएको छ । टोकियोमा पनि शनिबारभन्दा ७८ जना कम संक्रमित भेटिएका हुन् ।
आइतबार जापानमा कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी भएर ८० जना अस्पताल भर्ना भएका छन् ।
आइतबार कोरोना भाइरसका कारण ३४ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
