
जापान सरकारले प्रतिवर्ष ४ लाख विदेशी विद्यार्थीलाई आकर्षित गर्ने नयाँ लक्ष्य तयार पारेको छ ।
भावी शिक्षा प्रणाली तयार गर्न जिम्मेवारी पाएको विशेषज्ञसहितको परिषदले नयाँ योजना अघि सारेको हो ।
यो बैठकमा प्रधानमन्त्री फुमियो किशिदा, मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुका साथै केइओ विश्वविद्यालयका पूर्व अध्यक्ष सेइके आत्सुशीसहितका विशेषज्ञ सहभागी थिए ।
नयाँ लक्ष्य बैठकमा प्रस्तुत मस्यौ威而鋼 दाको एक भाग हो । बैठकमा सहभागीले परिषदको नयाँ प्रस्तावमा सामेल गर्ने बिन्दुबारे समेत छलफल भएको थियो ।
प्रधानमन्त्री किशिदाले आगामी अप्रिलसम्ममा नयाँ प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । यो परिषदको दोस्रो प्रस्ताव हुनेछ ।
मस्यौदा योजना अनुसार जापानले हरेक वर्ष ३ लाख विद्यार्थी आकर्षित गर्ने आफ्नो योजना संशोधन गर्दै सन् २०३३ हरेक वर्ष ४ लाख विद्यार्थी भित्र्याउने लक्ष्य राखेको हो ।
किशिदाले नयाँ प्रकारको पुँजीवादको आर्थिक नीतिलाई साकार पार्नका लागि मानव संसाधनमा लगानी थप बढाउनु महत्वपूर्ण हुने बताएका छन् ।
