जापानी प्रधानमन्त्री किशिदाले भारत भ्रमण गर्ने

जापानी प्रधानमन्त्री फुमिओ किशिदा भारतको चार दिने भ्रमणमा आउने भएका छन् ।

उनले आइतबारदेखि बुधबारसम्म भारतको भ्रमण गर्न लागेको निजी प्रेसले जनाएको छ । भ्रमणका क्रममा किशिदाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा दुई देशका नेताहरुबीच आपसी सम्बन्ध मजबुत पार्ने विषयमा छलफल हुने बताइएको छ । यसबाहेक पनि युक्रेनी युद्ध र क्षेत्रीय स्तरमा चीनको बढ्दो गतिविधिबारे पनि कुराकानी हुने अनुमान गरिएको छ ।

जापानले यो वर्ष सात औद्योगिक देशहरुको समूह जी–सेभेनको अध्यक्षता गर्दैछ । भारत जी–२० को अध्यक्ष हो । मेमा जापानको हिरोशिमामा जी–७ को शिखर सम्मेलन हुँदैछ ।

युक्रेनमाथि रुसले आक्रमण गरेयता रुससँग बाँकी विश्वको सम्बन्ध बिग्रिएको भए पनि चीन र भारतसँग राम्रो सम्बन्ध छ ।

रुससँगको भारतको व्यापार सम्बन्ध पहिलेको तुलनामा झनै राम्रो भएको छ । किशिदाले अन्तर्राष्ट्रिय व्यवस्था बलियो पार्न मोदीसँग सहकार्य गर्न चाहेका छन् ।

犀利士 /2023/03/Eazy_pp_size_poster-share-3-scaled.jpg”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?