प्रहरी हिरासतमा ज्यान गुमाएका सिंहका परिवारलाई १० लाख येन क्षतिपूर्ति तिर्न अदालतको आदेश


टोकियो ।
प्रहरी अनुसन्धानको क्रममा ज्यान गुमाएका एक नेपाली पुरुषका परिवारलाई १ मिलियन येन (७,५०० डलर) क्षतिपूर्ति तिर्न टोकियो महानगरपालिका सरकारलाई टोकियो जिल्ला अदालतले शुक्रबार आदेश दिएको छ ।

सन २०१७ मा प्रहरी नियन्त्रणकै क्रममा ज्यान गुमाएका अर्जुन बहादुर सिंहको परिवारलाई उक्त रकम क्षतिपूर्तिको आदेश गरिएको हो ।

प्रहरी नियन्त्रणका क्रममा सिंहलाई उचित उपचार गराउन नसक्दा उनको मृत्यु भएको अदालतको ठहर छ । राजधानी टोकियोको सिन्जुकु वार्डको एक प्रहरी चौकीमा अनुपयुक्त रूपमा सिंहलाई नियन्त्रणमा राखिँदा उनको मृत्यु भएको भन्दै अदालतले यस्तो आदेश दिएको हो ।

३९ वर्षीय सिंहलाई हराएको सम्पत्ति चोरेको आशंकामा २०१७ मार्च १४ मा गिरफ्तार गरिएको थियो । उनलाई भोलिपल्ट हात र पेट बाँधेर नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा राखेर सोधपुछकै क्रममा एक्कासी बेहोस भएका सिंहलाई अस्पताल पुर्याईएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रहरीको लापरवाहीका कारण ज्यान गएको भन्दै मृतक सिंहका परिवारले महानगरीय सरकारसंग ६१.८२ मिलियन येन क्षतिपूर्ति मागेको थियो । यस घटना पछि जापानका अधिकारीहरूले विदेशी नागरिकहरूलाई गर्ने व्यवहार रुखो हुने भन्दै सबैको ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समय सन् २०२१ मा आइची प्रिफेक्चरको अध्यागमन केन्द्रमा हिरासतमा रहेकै बखत श्रीलंकाकी महिला रत्नायके लियानागे विष्मा सन्दमालीको पनि मृत्यु भएको थियो ।

威而鋼 width=”838″ height=”436″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?