जापानमा ७ हजार बढीमा कोरोना संक्रमण, ४८ जनाको मृत्यु

जापानमा शुक्रबार कोरोना भाइरसको संक्रमणका कारण ४८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएसँगै मृत्यु हुनेको संख्या पनि कम भएको हो ।

शुक्रबार जापानमा ७ हजार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बिहीबारको तुलनामा ६६० ले कम हो ।

राजधानी टोकियोमा शुक्रबार ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भन्दा टोकियोमा पनि ४९ जना कम संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण ९६ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?