कोरोनाबाट ५७ जनाको मृत्यु, साढे ७ हजार बढी संक्रमित

日本藤素 ads/2023/02/image-47-650×409.png” alt=”” class=”wp-image-195406″ width=”839″ height=”528″/>

जापानमा कोरोना भाइरसबाट बिहीबार थप ७ हजार ७१५ जना संक्रमित भएका छन् । यो बुधबारको तुलनामा १ हजार ८३७ जनाले कम हो ।

राजधानी टोकियोमा मात्रै बिहीबार ६८० जना संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा १३६ जनाले कम हो ।

बिहीबार कोरोना भाइरसको संक्रमणका कारण १०५ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?