जापानले विदेशी गहुँको मूल्य बढाउँदै, पाउरोटीदेखि चाउचाउसम्मको मूल्य बढ्ने

जापान सरकारले विदेशबाट आयात गरिने गहुँको मूल्य बढाउने भएको छ ।

आयातित गहुँ आगामी महिनादेखि पिठो पिस्ने कम्पनीहरुलाई प्रति टन ७६ हजार ७५० येनमा बिक्री गरिनेछ । यसको अर्थ अब आयातित गहुँको मूल्य ५.८ प्रतिशत वृद्धि हुनेछ ।

युक्रेनमा रुसको आक्रमणपछि यसअघि टनकै मूल्य १३.१ प्रतिशतले वृद्धि गरेर ८२ हजार ६० येन बनाउने अनुमान थियो ।

सरकारले सकेसम्म कम वृद्धिको प्रयास गरेपनि नयाँ मूल्य लागू भएपछि गहुँ सन् २००७ पछि आयातित गहुँको मूल्य त्यसयताकै सर्वाधिक वृद्धि हुनेछ ।

गहुँको मूल्य बढाइएको करिब तीन महीनापछि मिलहरुले पनि पिठोको मूल्य बढाउनेछन् । यसले जापानमा पाउरोटीदेखि चाउचाउसम्म पिठोबाट बनाइने हरेक खानेकुराको मूल्य बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?