जापानका ठूला कम्पनीले दशकौं यताकै सर्वाधिक तलब वृद्धि गर्दै

जापानमा महंगी आकाशिएसँगै अधिकांश कम्पनीले तलब वृद्धि गर्ने तयारी गरेका छन् ।

जापानका ठूलो व्यापारिक घराना र कम्पनीहरुले दशकौं यताकै धेरै त威而鋼 लब वृद्धि गर्न लागेका हुन् ।

यस वर्षको वार्षिक तलब वृद्धिसम्बन्धी कर्मचारी संगठन र कम्पनी व्यवस्थापनबीचको वार्तापछि निशान मोटर र हिताचीले तलब वृद्धिको निर्णय गरेका हुन् ।

निशानले मासिक तलब औसतमा १२ हजार येन बढाउँदैछ । यो कम्पनीले गर्न लागेको सन् २००४ यताकै ठूलो तलब वृद्धि हुनेछ ।
कम्पनीले वार्षिक बोनस पनि श्रम संगठनको अनुरोध अनुसार बढाएर साढे ५ महिनामा पुर्‍याएको छ ।

यसअघि नै टोयोटाले पनि २० वर्ष यताकै धेरै तलब बढाउन सहमति गरिसकेको थियो भने होन्डाले ३० वर्षयताकै सर्वाधिक तलब वृद्धि गर्दैछ ।

इलेक्ट्रोनिक्स निर्माता हिताचीले पनि न्यूनतम् मासिक तलब ७ हजार येन बढाउँन लागेको छ । यो वृद्धि सन् १९९८ यताकै धेरै हो ।

साप्पोरो ब्रुअरिजले पनि न्यूनतम तलब मासिक ९ हजार येन बढाउने भएको छ । यो पनि ४० वर्षयताकै धेरै वृद्धि हो ।

अहिले खाद्यान्न देखि पेट्रोलसम्म हरेक दैनिक उपभोग्य सामानको मूल्य बढेको अवस्थामा प्रधानमन्त्री फुमिओ किशिदाले कम्पनीहरुलाई उच्च दरमा तलब बढाउन अनुरोध गरिरहेकै समयमा आएको छ ।

एक वर्षअघिको तुलनामा जनवरीमा जापानमा कोर उपभोक्ता मूल्य ४.२ प्रतिशतले बढेको थियो । यो सन् १९८१ को सेप्टेम्बरयताकै उच्च हो ।

कम्पनीहरुको तलब वृद्धिले कर्मचारीहरुलाई राहत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?