
जापानमा बुधबार कोरोना भाइरसको संक्रमणबाट ६१ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्याको उतारचाढाबसँगै मृत्यु हुनेको संख्या पनि तलमाथि भइरहेको छ ।
बुधबार ९ हजार ५५२ जना संक्रमित भेटिएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा ४५९ जनाले कम हो ।
राजधानी टोकियोमा मात्रै बुधबार ८१६ जना नयाँ संक्रमित पाइएको छ । टोकियोमा पनि मंगलबारको तुलनामा १७२ जनाले कम हो ।
कोरोना भाइरसको संक्रमणका कारण बुधबार ११९ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
