
उत्तर कोरियाले मंगलबार दुई ओटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।
उत्तर कोरियाको दक्षिणी तटबाट सी अफ जापानतर्फ २ मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
दक्षिण कोरिया र अमेरिकाले बृहत सैन्य अभ्यास सुरु गरेको एक दिनपछि मिसाइल प्रहार भएको छ । गत बिहीबार पनि उत्तर कोरियाले पश्चिम शहर नाम्पोबाट ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।
उत्तर कोरियाबाट परमाणु र मिसाइलको खतरा बढिरहेकै समयमा अमेरिका र दक्षिण कोरियाली सेनाले ११ दिने स्वतन्त्र शिल्ड अभ्यास सुरु गरेका छन् ।
यो दुई देशबीच पाँच वर्षयताको पहिलो यति लामो अभ्यास हो । अहिलेसम्म जापानमा क्षतिबारे आफूले कुनै खबर वा सूचना नपाएको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् ।